• Emergency
    9802076226
  • Appoinments
    9802076225

Blood Donation Program @ OM

मिति–२०७४–०२–३१

ओम अस्पतालमा रक्तदान                          
विश्व रक्तदाता दिवसको उपलक्ष्यमा राजधानीको चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा बुधवार रक्तदान कार्यक्रम आयोजना गरियो । अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्की, अस्पताल निर्देशक डाक्टर जागेश्वर गौतम, अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारी, ओम हेल्थ क्याम्पसका छात्रा र सर्वसाधारण गरी ८० जनाले रक्तदान गरेका थिए । ८० जना मध्ये रक्तदान गर्ने पुरुषको संख्या ४२ र महिलाको संख्या ३८ रहेको थियो । कार्यक्रममा अस्पताल संचालक समितिका सदस्यहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । मुलुकभर रगतको अभाव भइरहेको वर्तमान अवस्थामा सबै स्वस्थ्य व्यक्तिले नियमित अन्तरालमा रक्तदान  गर्नु जीवनदान सरह हुने चिकित्सकहरु बताउँछन् । दैनिक जीवनमा स्वच्छ रगतको आवश्यक्ता बारे जनचेतना जगाउन तथा रक्तदातालाई धन्यवाद दिन प्रत्येक वर्षको जुन १४ मा विश्व रक्तदाता दिवस मनाइन्छ ।