• Emergency
    9802076226
  • Appoinments
    9802076225

ICU

हाम्रो बारेमा
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. १९९० मा स्थापना भर्ई २००० मा सदन उपचार केन्द्र (ICU) सेवा शशुरुवात गरिएको हो । हामीले सधन उपचार केन्द्रमा सबै प्रकारका विरामीलाई सेवा दिदै आएका छौं ।
विशेषज्ञ चिकित्सकहरुः
१)   डा. प्रमेश सुन्दर श्रेष्ठ, (डीम, क्रिटिकल केयर मेडिसिन)
   इन्टेनसिभेष्ट, हस्पिटल
 
२)   डा. रुपेश गामी (फेलोसिप एडल्ट क्रिटीकल केयर मेडिसिन)
   इन्टेनसिभेष्ट, हस्पिटल
 
२४ सै घण्टा आई.सि.यू. भित्र विशेषज्ञ चिकित्सकहरु (MD Anesthesiology)उपलब्ध भएको
 
अन्य स्वास्थ्यकर्मीहरु :                                                                                    
1.ICU ट्रेनिङ्ग प्राप्त गरिसकेका नर्सिङ्ग स्टाफ
2. फिजियोथेरापीस्ट
3. डाइटिसियन
4. रेडियोग्राफर
 
हाम्रा सेवाहरुः
-> २४ सै घण्टा दक्ष विशेषज्ञ Intensivisit  को प्रत्यक्ष निगरानीमा उपचार गरिने ।
->  तालिम प्राप्त एमडी डाक्टर र मेडिकल अफिसर २४ सै घण्टा ICU भित्र रहने
->  1:1 ICU मा तालिम प्राप्त रजिष्टर्ड नसिङ्ग सेवा
->  १७ सैयाको सघन उपचार कक्ष साथै Isolation Rooms
->  Hemodialysis, SLED dialysis & Bronchoscopy
->  Procedures under ultrasonographic guidance
->  Prone Ventilation
->  End-of-Life care and Pain Management
->  Protocolized सघन उपचार गरिने
->  अत्याधुनिक Monitors, Pumps, ABG, Portable X-Ray, Ventilators, BiPaP Machine and Electronic Beds.
->  दक्ष डाक्टर तथा नर्सको निगरानीमा आई. सि. यु. मा विरामी ल्याउँने ÷सार्ने व्यवस्था (Proper Patient transfer protocols, accompanied by trained doctor & nurses.)
->  विरामीको आफन्तसँग राम्ररी परामर्श तथा छलफल (Proper counseling- where your opinion counts)
->  २४ सै घण्टा फिजियोथेरापीष्ट तथा डाइटिसियनको सेवा (Full time dedicated physiotherapist & Dietician inside ICU.)
->  विभिन्न विभाग बिच राम्रो सम्बन्ध तथा सहकार्यताको भावना (Professionals harmony among different departments)
      Care from emergency department to wards
->  विरामीको कुरुवालाई कुर्ने र छलफल गर्ने भिन्दै ठाउँ (Proper patients relatives waiting areas & Private counseling room)
->  ल्यावको रिर्पोटहरु तुरुन्तै आई.सि.यू.मा आउँने व्यवस्था (Real time laboratory e-reporting)
->  एम्बुलेन्स सेवा (Ambulance services)
 
विरामीको अनुभव 

हेम बहादुर सुस्लिङ (विरामी)
मेरो नाम हेम बहादुर सुस्लिङ हो म ॐ अस्पतालको ICU मा भर्ना भई निको भएर अहिले घर फर्किसकेको छु । मलाई अस्पतालको ICU वाताबरण साह्रै राम्रो लाग्यो ।ICU को सिस्टरहरु धेरै नै सहयोगी हुनु हुन्थ्यो । म प्रति व्यहार पनि साह्रै राम्रो थियो । म ICU मा भएको बेला मेरो बुबा आमा  दाई धेरै नै डराउनु भएको थियो । तर ICU मा ४ दिन बसेपछि मलाई वार्डमा राखे । त्यसको २ दिन पछि म निको भएर घर आएँ । म डाक्टरसाहावहरु, सिस्टर, आया र सम्पूर्ण अस्पतालको कर्मचरीमा धन्यवाद भन्न चाहन्छु ।
 
सुर्वण राज पाण्डे  (विरामी मन्दिरा अधिकारी को श्रीमान)
मेरी श्रीमती मन्दिरा लाई ॐ अस्पतालको ICU मा ३ दिन राखे । हामी बच्चा जन्माउन अस्पताल पुगेको बेला केही Infection को कारणले गर्दा मेरी श्रीमती लाई तुरुन्त ICU सारियो । डाक्टर साहावको यो सल्लाह र उपचारले नै गर्दा आज मेरी श्रीमती र मेरा जुम्मल्याहा बच्चाहरु राम्रो छन् । असार ७ गते ICU मा मन्दिराको अवस्था साहै नै  चिन्ताजनक रहेको थियो  तर एकदमै राम्रो डाक्टरहरुले उसलाई हेरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु । उनको स्वास्थ बिगे्रपछि उनलाई Intubate गरी भेन्टीलेटरमा राखियो । डाक्टरहरुको राम्रो उपचार र कठिन प्रयास पछि केही दिनमा मन्दिरालाई भेन्टिलेटरबाट निकाली स्वास्थ्यमा अझै सुधार भएपछि उनलाई वार्डमा सारियो । मलाई ICU को डाक्टर र सिस्टरहरुको व्यवहार साथै उपचार गर्ने तरिका एकदम राम्रो लाग्यो । मैले अस्पतालको औषधी पसलबाट पनि पुर्ण सहयोग पाए । मन्दिरालाई राती काम गर्ने सिस्टरहरु साह्रै मेहनती र मिलनसार लाग्यो । हामी सम्पूर्ण परिवार ॐ अस्पताल प्रति धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।


Please click here to download Brochure.