• Emergency
    9802076226
  • Appoinments
    9802076225

म अनि मेरो टेष्ट ट्युब बेबी

Checkup Date: 2015-06-29

Department: Gynecology & Obstetrics

विवाहिता स्वास्नीमान्छे र अविवाहिता स्वास्नीमान्छे दुवैको अनुभव गरे मैले । केही तीतो त केही मीठो पनि । विवाह नहुंदा आनन्दको जिन्दगी । आफू आफैले जे गरे पनि हुने जहां गएपनि हुने । उठ्दा, वस्दा, सुत्दा मात्र आफू खुशी । तर विवाह पश्चात् अरुको लागि, परिवारको लागि, आफन्तको लागि, समाजको लागि आफ्नो दिनचर्या शुरु गर्नु पर्ने । पारिवारिक वन्देज, सामाजिक रोकटोक भनेजस्तो सोंचे जस्तो नहुदो रहेछ । त्यसमा झन निःसन्तान स्वास्नी मान्छेको लागि सामाजिक कानेखुशी, पारिवारिक घोचपेच र आफन्तको भलाकुसारीले गर्दा वाह्य सुख भएता पनि मानसिक सुख भने कहिले नहुदो रहेछ । म पनि गुज्रदै गए यी अवस्थाहरुवाट ।

भगवानले सन्तान नदिएको पनि होइन । पहिलो सन्तान महिना पुगेर विते भने दोश्रो र तेश्रो सन्तान २–३ महिना नपुग्दै विते । दुःख पनि लाग्थ्यो सन्तान सुख नपाइने हो कि भनेर । मनलाई चित्त पनि वुझाउंथे । म जस्ता कतिपय स्वास्नी मान्छेहरु निःसन्तान भएर पनि खुशी र सुखी छन । तर मनले सोचे जस्तो सुख र खुशीले कहां वस्न पाइदो रहेछ समाजको अगाडी । जहां कही जान्थ्यौ छोराछोरी कतिवटा भए ? कत्रा भए ? किन भएनन ? विवाह भएको कति वर्ष भयो ? आदि इत्यादि प्रश्नको ओइरो लाग्दथ्यो । त्यति वेला चाहि साह्रै मन दुखथ्यो । आफूलाई नचाहिए पनि विवाह पश्चात सन्तान हुनै पर्ने रहेछ । समाज, परिवार र आफन्तको मुखमा वुचो लगाउन । यिनै दुखाईहरु, समाजिक घोचाईहरु वीच म र मेरो श्रीमानले के के मात्र गरेनौ होला । जसले जहां भन्यो त्यहि उपायको खोजीमा दौडी हाल्थ्यौ काठमाण्डौदेखि वाहिरी जिल्लासम्म । औषधि मूलो, धांमी झांक्री, माता–पिता, पूजापाठ, वर्त, देवी देवता सवै ठाउं धायौं हामीले । 
यसो त डा. भोला रिजालको उपचार तथा सरसल्लाहमा वसैकै थियौ हामी । उपचारकै क्रममा थाहा भयो पाठेघरको दुवै फेलोपेन ट्युव वन्द भएछ । छक्क प¥यौ हामी । सन्तान त भइनै रहेको थियो फेरि यो ट्युव व्लक ? कसरी ? उत्सुक्तावस सोध्यौ डक्टरसाहवलाई । वारम्वार क्युरेड गराउंदा कहिले काही सा–साना रगतका डल्लाहरु ट्युवमा अडकिंदा यस्तो समस्या उत्पन्न हुन जान्छ । अव सन्तानोत्पत्तिको एक मात्र विकल्प क्ष्ख्ँ ९क्ष्ल ख्ष्तचय ँभचतष्ष्शिबतष्यल० भएको र चांडैनै सो प्रविधि नेपाल भित्रिने कुरा पनि वहांले वताउनु भयो । 

२०६० साल माघ–फागुन तिरको कुरा हो चांडैनै क्ष्ख्ँ ओम हस्पिटलमा शुरु हुन लागेको जानकारी साथी निर्मला आचार्यले दिनासाथ एकदुई दिनभित्रै हामी दुवैजना हस्पिटल तिर के रहेछ वुझन भनि गयौं ।  डाक्टर साहवसंगको भेट पश्चात् प्रविधि चाँडैनै शुरु हुन लागेकोले पहिलो व्याचमा नै वस्ने सल्लाह पनि दिनु भयो मलाई । अनि औंला भाँच्दै समयको पर्खाइमा वस्यौ हामी ।
    २०६१ साल वैशाखको दोश्रो हप्तातिर पुनः हामी यस वारेमा जानकारी लिन भनि हस्पिटलतिर गयौ । क्ष्ख्ँ कक्षमा यमुना पोखरेलसंग भेट भयो र वहांवाटै आगरा (भारत) बाट डा. जयदीप मलहोत्राको टिम र नेपालको डाक्टरहरुको संयुक्त टोलीबाट यो प्रविधिको शुरुवात गर्ने जानकारी दिनु भयो । अनि यो उपचार वारे छोटो व्रिफिङ्ग दिंदै उपचार खर्च वापत पहिलेनै रु २ लाख वुझाउनु पर्ने प्रावधान वारे पनि जानकारी गराउनु भयो । जे होस हाम्रो लागि सन्तान भन्दा ठूलो पैसा नभएको र जसरी पनि पैसाको जोगाड गर्ने निश्चय मनमनै गरी हामी त्यहांवाट फर्क्र्यौ । 

वैशाख अन्तिम तिर होला हस्पिटलबाट यमुनाजीले फोन गरेर १७ जनाको लटमा तपाईको पनि नाम परेको हुनाले २,३ दिनमै पैसा वुझाउन ल्याउन जानकारी गराउनु भयोे । खवर सुनी एकदम खुशी भएं म । भोली पल्टनै संचयकोषबाट रकम झिकीओरी हस्पिटलतर्फ लाग्यौ हामी । क्ष्ख्ँ कक्षमा डा. सविनाजीसंग भेट भयो । वहांले यस प्रविधि वारे छोटकरीमा जानकारी दिनुका साथै एउटा फर्म भर्न लगाउनु भयो । नेपालको लागि यो पहिलो र नयाँ प्रविधि भएको हुँदा वच्चा जन्मेपछि मान्छेको सोंचाइ कस्तो होला ? घर परिवार, समाजले पचाउंला नपचाउंला ? आदि इत्यादि कुरा सोंची हामीले आफ्नो नाम, थर, ठेगाना अलि फरक लेखायौं । डा. सविनासंग पनि पूर्व अनुरोध पनि ग¥यौ हामीले मिडियामा न आउनका लागि । वहांवाट पनि भरसक मिडियामा नल्याउन प्रयास गरिने तर नेपालको लागि यो नयाँ प्रविधि भएको हुनाले मिडियाबाट टाढा भाग्न नसकिने पनि जानकारी दिनु भयो ।

१७ जनाको ग्रुप थियो हाम्रो । अतिनै मिलनसार । दवाई खाने, पाठेघर चेकअप, चेष्ट चेकअप, रगत, पिसाव, सुई, अल्र्टासाउण्ड आदि इत्यादि करिव १ महिनाको उपचार थियो हाम्रो । अन्तमा अषाढ २८ र २९ गते गरि दुई गु्रपमा विभाजन गरियो हामीलाई । म दोश्रो गु्रपमा परेको थिएं । २९ गते विहान ९ वजेको समयमा पाठेघरमा भु्रण प्रत्यारोपण गरिने जानकारीका साथ ८ वजेनै हामी हस्पिटल पुगी सकेका थियौं । पालै पालो गरि साथीहरु अपरेशन थेटरमा लगिरहेको थियो । आफ्नो पालोको पर्खाइमा मनमा अनेकानेक तानावाना वुन्दै वसे म । त्यसदिन खोकी पनि असाधै लागेको थियो । अपरेशन थेटरमा जानु अघि वहांलाई दुइवटा स्ट्रेपशील मगाई मुखमा राखे । अपरेशन थेटरमा जान तैयारी हुन नर्सले जानकारी गरायो मलाई । मनमनै गुरुदेवलाई (गुरु गोरखनाथबाबा, गुरु सचिदानन्द महाराज), वावा साईलाई, इष्ट देव–देवीलाई मेरो तपस्या सफल वनाई दिन स्मरण गरे । मनमनै गुरुदेवको मत्र जव गर्दै गुरुदेवको मन्त्र जव गर्ने माला घांटीमा 
लगाए । स्टेचरमा सुताई नर्सले विस्तारै अपरेशन थेटरतर्फ लग्यो मलाई । अपरेशन थेटरको गेटै अगाडी गणेश भगवानको ठूलो तस्वीर राखिएको थियो डा. सरिता गंगोलले गणेश भगवानको दर्शन गर्न भन्नु भयो मलाई  स्टेचरबाट तल झररे आंखा चिम्ली गणपति महाराजलाई मेरो यो कार्य सफल वनाई दिन विन्ती गरे । ततपश्चात् अपरेशन थेटर भित्र लगियो मलाई । डक्टर भोला रिजालले द्यभकत या ीगअप भन्नु भयो । मुसुक्क हांसी वहांको यो भनाईलाई स्वीकारे मैले ।  आंखा चिम्ली पुनः गुरुदेवको मन्त्र जव गरे । जव गर्दा गर्दै लठ्याएछ क्यारे मलाई । भुसुक्क निदाएछु । केही क्षणको लागि म पूर्ण अचेत भएछु । के भयो कसो ग¥यो पत्तोनै पाइन । आंखा खुल्दा म साथीहरु वीच च्भकत च्ययm मा थिए । करिव १ घण्टा भैसकेको रहेछ मलाई अपरेशन थेटरबाट निकालिएको । भ्रुण पत्यारोपन गर्दा वेहोस गरिदैन । पूरा होस हवासमानै यो कार्य सम्पन्न गरिन्छ । तर म त पूर्ण वेहोसनै भएछु  । त्यसदिनको त्यो क्षणलाई सम्झदा अहिले पनि अचम्म लागेर आउँछ । सायद भगवानको लिला थियो होला म पूर्ण अचेतअवस्थामा रहेछु । करीव करीव सवैजनालाई एउटै ठूलो कोठामा राखिएको थियो । रमाइलो वातावरण थियो । एकले अर्कोलाई कार्य सफल्ताको निमित्त शुभकामनाहरु आदान प्रदान गर्दै थिए । २ दिनको द्यभम च्भकत पश्चात सवैजना आ–आफनो घर तिर लागे । पहिला पनि तीन–तीन वटा सन्तान खेर गएको हिसावले यसपालि पूर्ण सर्तकता अपनाउनु पर्ने र पूर्ण वेडरेष्टमा वस्नु पर्ने कान्छी वहिनी ज्वाईको सल्लाह वमोजिम मलाई भने घर (डेरा) तिर फर्कन नदिई वहिनीले आफ्नै क्वाटरतिर लगेर गइन ।१५ दिन पछि मात्र ९द्ययियम त्भकत० बाट वच्चा वसे नवसेको थाहा हुने भएकोले औंला भांच्दै दिन गन्ती गर्न थाल्यौ । । अन्तिम घडी पनि आयो । ३ वजेतिर वहांले हस्पिटलबाट फोन गर्नु भयो । १७ जना मध्ये ७ जना सफल भएको र त्यसमा हामी पनि परेको खुश खवर सुनाउनु भयो । खवर सुनी अत्यन्तै खुशी भएँ म । भगवानको इच्छा अनि आशिर्वाद । हामी सफल हुन्छौ भन्ने हामी दुवैलाई पूर्ण आशा तथा विश्वास थियौ । सायद यही दृढ विश्वासको प्रतिफलनै थियो यो ।  त्यसदिनबाट मेरो दिनचर्या अलि कडाईका साथ, अनुशासनका साथ शुरु भयो । वहिनी ज्वाईले एउटा रुटिङ्गनै वनाई दिएका थिए मेरो लागि । विहान ६ वजे उठ्नु हाथमुख धोई नित्य कर्म सकेपछि धुप सल्काई आफ्नो इष्ट देवता, गुरुदेव, वावा, माताहरुको स्मरण गरेपछि गुरुदेवको पाठ गर्ने माता वंगला मुखीको पाठ गर्ने । त्यसपछि १ ग्लास दुधका साथमा हल्का खाजा, ९ वजे खाना, अनि फलफुल खाने । १२ वजेदेखि २ वजेसम्म आराम गरी सुत्ने । विहान ९ वजेपछि प्राय कोही हुन्थेनन् घरमा । सव आ–आफनो काममा जान्थे भने केटाकेटीहरु स्कूलतिर जान्थे । घरमा एक्लै हुन्थे म । घरवाट निस्केपछि वहिनी ज्वाईले मेन ढोकामा ताल्चा लगाएर जान्थे । कोही आएर म्ष्कतचगद नगरोस भनेर । म निदाएकै हुन्थे २ वजेपछि ज्वाईसाहव क्याम्पसबाट आउनु हुन्थ्यो अनि खाजा वनाईओरी आफू पनि खानु हुन्थ्यो मलाई पनि खुवाउनु हुन्थ्यो । करिव ४ वजेपछि घरका सवै सदस्यहरु भेला भैसकेको हुन्थ्यो । यसरीनै दिनचर्या वित्ने गर्दथ्यो मेरो । मेरो श्रीमान भने २,३ दिन विराएर आउनु हुन्थ्यो यसो भेटघाट, भलाकुसारीका कुरा ग¥यो वेलुकीपख डेरामानै फर्किनु हुन्थ्यो । वाहिरी सम्पर्क पूरै वन्द थियो । न त भेटघाट, न त टेलिफोननै । मनोरञ्जनको नाममा एउटा सानो रेडियो थियो मसंग । रेडियो सुन्थे राम्रा राम्रा कितावहरु अध्ययन गर्दथे । टि.वी हेर्न पनि वन्द थियो । यस्तो अवस्थामा पूर्ण टेन्सनमुक्त भएर वस्नु पर्छ नत मानसिक टेन्सन नत शारिरीक टेन्सन भन्थि वहिनीले । एक किसिमको कठोर तपस्यानै थियो मेरो । तैपनि आनन्दनै महसुस हुन्थ्यो मलाई । आफ्नो वच्चा हुर्काउन का निमित्त यी सवै कठिनाईहरु भोग्न सदैव तयार हुन्थ्ये म ।

खानपिनमा पूरै सर्तकता अपनाउंथे म । माछा मासु ,अमिलो पिरो, चिल्लो मनमा अलिककित पनि शंका लागेका तरकारीहरु पटकै खान्थिन । धेरैजसो दुध, सागसव्जी र गेडागुडीको झोलनै खाने गर्दथे । खोकी लागिरहने हुंदा फलफुल पनि तौलिएर खानु पर्दथ्यो । ९ महिनाको अवधिभर जम्मा २ चोटी (५ महिना र ९ महिना लागेपछि) मात्र नुहाए मैले । नुहाउंदा पनि धपेडी होला कि भनेर मनमा शंका भईनै वस्थ्यो । रोगी त रोगीनै भैहाल्यो तर सद्धे रोगी भएर ओछ्यानमा सुतीनै वस्नु निकैनै कठिन हुंदो रहेछ । त्यसमा पनि जागिरेलाई त दिनरात सुतेर वस्नु अतिनै असहय हुंदो रहेछ । कठोर तपस्या र कष्टपछिको उपलव्धी सम्झी सम्झी तर पनि मन खुशी र आन्नदितनै हुन्थ्यो । महिनामा एकचोटी रेगुलर चेकअपको लािग हस्पिटल जांदा वाटोको रमाइलो हेर्दै जान्थे । रमाइलो लाग्थ्यो एक दिन भएपनि वाहिर निस्कन पाएकोमा । मेरो चेकअपको लागि समय समयमा क्याम्पसका डक्टरसाहव पनि आउनु हुन्थ्यो ज्वाईसाहवको अनुरोधमा । ८ महिना लागेको थियो होला प्रेशर एकदमै वढेपछि ३ दिन हस्पिटल भर्ना भै वस्नु प¥यौ मलाई । त्यस दिनबाट खानपिनमा अझ विशेष ध्यान दिन थाल्यौं । ३६ हप्ता भएपछि फेरि खानामा अरुची वढ्नु, जीउ सुन्निनु, पिसाव पहेलो हुनु जस्ता कारणले पुनः क्याम्पसको डक्टर साहवलाई चेकअप गरायौं । अन्तमा जन्डिसनै भएको र तुरुन्त हस्पिटल गई भर्ना हुने सल्लाह दिनु भयो वहांले । २०६१ साल फागुन १७ गते सोमवारको दिन थियो हस्पिटल पुगी डा. भोला रिजाललाई जन्डिस भएको जानकारी गरायौं । अन्ततः रगत जांचपछि जन्डिसनै भएको निर्कोलपछि १९ गते वुद्धवारको दिन हस्पिटलमा भर्ना गरियो मलाई । यसो त डेलिभरीको टायम चैत्रको ८,९ गते दिएको थियो । त्यसदिन दिनभरी जसो चेकअप भैनै रह्यो मेरो । करिव साँझ ७ वजे तिर डा. भोला रिजाल डक्टरहरुको पूरै टिम सहित आउनु भयो । भोली अपरेशन हुने र मिडियालाई पनि खवर गर्ने भन्ने भयो । अपरेशन ? मिडिया ? हामी अलमल प¥यौ । एक्कासी यस्तो खवरले मनमा डर पनि लाग्यो खुशी पनि लाग्यो । मनमनै सोंचे सायद मेरो अवस्था विग्रेछ क्यारे ? भोलीनै अपरेशन हुन्छ होला भन्ने कल्पना समेत गरेका थिएनौ । न कुनै तयारी न त कुनै वन्दोवस्तनै थियो हाम्रो । तुरुन्त मैले मेरो साथी निर्मला, भाई उज्जलसिंह अधिकारी र आफन्तहरुलाई फोन गर्न लगाई भोलीको अपरेशन वारे जानकारी गराएं ।  

भोलीपल्ट विहान ८ वजे अपरेशनथेटर भित्र लगियो मलाई । डा. भोला रिजाल समेत सवै डाक्टरहरुको टिम तयार थियो अपरेशनथियटरमा । मैले होस सम्हाले पछि जिन्दगीमा पहिलो अपरेशन थियो मेरो । मनमा डरको साथ साथै खुशी पनि थियो । मेरो ९ महिनाको तपस्या आज सफल हुने छ भनेर । मनमनै पुनः गुरुदेवको स्मरण गरे । कम्वरदेखि मुनि लाटो वनाउने सुई दिइयो । सवजना रेडी छ हैन भन्ने आवाज सुने । एस रेडी पुनः आवाज गुंञ्जियो मेरो कानमा । वन, टु, थ्री ..। पेटमा मुक्कीले हाने जस्तो भान हुन्छ । भिडियो क्यामरा ओरीपरी घुमाउँदै थिए । सायद अपरेशनको फोटो खिचेको होला । मैले अपरेशन गरेको थाहा पो पाउने हो की ? सायद सुईले काम पो नगर्ने हो कि ? यीनै सोचाईहरु वीच रुम्लिदै थिंए । वावुको रोएको आवाज मेरो कानमा प¥यो । ल वधाई छ सन्ध्या । छोरा भयो है । डा. रिता सिंहले मेरो समिपमा वावुलाई लिएर आउनु भयो । मलाई भने होस होस छ वा छैन जस्तो भान हुन्छ । कानमा चाहि आवाजहरु गुञ्जे जस्तो लाग्छ । आंखा पनि खुल्लै छ मेरो । के भयो कसो भयो त्यो वेला मैले केही निर्कोल गर्न सकिन । सायद म ज्यादै नर्वस भएछु । अपरेशन पछि सि.सि.यु. मा पुर्याएको रहेछ मलाई । कहां कता ल्याएको जस्तो लाग्छ । राती हो की विहान हो केही छु्ट्याउन सकिन मैले । वतीको उज्यालो देख्छु सायद रातीनै थियो होला । चारैतिर कालो कालो छाँया हिंडे जस्तो पनि लाग्छ । पछि पो थाहा पाए अपरेशन पछि म साह्रै सिरियस भएछु । व्लडप्रेशर एकदमै लो भएछ । अत्यधिक रक्तस्रावले गर्दा रातभरि जस्तो डक्टरहरु स्टैण्डवाई वसेका रहेछन् । त्यो र।त रगतको व्यवस्था भाई उज्जल सिंह अधिकारीले नगरेको भए सायद त्यो रात मैले काट्न पाउने थिइन होला । उसको यो गुण हामी कहिले विर्सन सक्तिनौ । हामी आभारी छौ भाई उज्जल प्रति । करिव ७ प्वान्ट जति रगत चढाउनु परेको थियो मेरो शरीरमा । छिनमा होस आउने छिनमा होस जाने गर्दथ्यो । अपरेशन पछिको मेरो अवस्था सुध्रिने हो कि नसुध्रिने हो ? झिनो आशामा थिए त्यसदिन सवै डक्टरहरु । अन्तिम अवस्थामा एक्कासी पूरै शरीर सुनिनु, मुटुमा पानी जम्नु, मृगौलाले काम गर्न छाड्नु, व्लडप्रेशर हाई हुनु, जन्डिसले च्याप्नु यी सव कारणले गर्दा समय अगावै अपरेशन गर्नु प¥यो मेरो । कोठामा म एक्लै थिएं । यसो त तीन वेड थियो त्यहाँ तर रोगी भने थिएन । चारैतिर हेरें अगाडी दुईजना नर्स वहिनीहरु थिए । मेरो छेउमा मेरो आमा (माइती) हुनुहुन्थ्यो । अक्सिजन दिइएको थियो मलाई । हाथमा, खुटृामा, छातिमा यन्त्रहरु जडान थिए । पछाडिपटिृ मनिटरमा टिकटिक टिकटिक आवाजहरु गुञ्जीरहन्थ्यो मेरो कानमा । सायद हर्टविटको आवाज थियो त्यो । एकछिन त ठम्याउनै सकिन कहाँ, कसो, के भयो भनेर । झस्याङ्ग स्थितिलाई सम्झे अनि आमालाई सोधे वावु कस्तो छ ? कहां छ ? आमा । एकदम राम्रो र ठीक छ भन्नु भयो । ५ दिन वस्नु पर्यो सि.सि.यु.मा । वार्डमा जानेदिन नर्सहरु भन्दै थिए यहांबाट कमै रोगीहरु ठीक भएर फर्किन्छन दिदि तपाई त धेरै भाग्यमानी हुनुहुंदो रहेछ भन्दै वधाई दिंदै थियो मलाई । अहिले सम्झी झसङ्ग हुन्छु म मृत्युको मुखमा पुगेर फर्केछु । ६ दिनको दिनमा वल्ल वार्डमा ल्याई पु¥यायो मलाई । ठीक त्यसै दिन विहान १० वजे पछि वावु ल्याएर दियो मलाई । शिवरात्रीको दिन थियो त्यसदिन । मन एकदम आन्नदित भयो वावुलाई काखमा लिएर । सव दुखाईहरु विर्से मैले । 
रोगको कारणले गर्र्दा अझै हस्पिटल वस्नु पर्ने भयो मलाई । आफन्तहरु, साथीभाईहरु, चिनाजानेकाहरु, नचिनेकाहरु पनि हामीलाई भेट्न घुंइचो लाग्दथ्यो प्रायश दिनभर हस्पिटलमा । मिडियामा नआउने कत्रो परपोकाण्ड रचेका थियौं हामीले । ती सवै फेल भएछ । नेपालमा पहिलो टेष्टट्युव वेवीको जन्म हरेक पत्रपत्रिकामा छापिएको थियो । रेडियो, टेलिभिजनका पर्दाहरुमा प्रचार प्रसार भैरहको थियो । हस्पिटलमा आमा र वच्चालाई हेर्न तांतीनै लागेको थियो । अन्तिम अवस्थामा आएर अक्समात सारा रोगहरुले च्यापेर ल्याउनु । समय भन्दा अगाडिनै वावुको जन्म हुनु । सायद भगवानको यही नै इच्छा थियो । संयोग पनि कस्तो मैले नित्य (गर्भाअवस्था) गुरुदेवको मन्त्र जप गर्ने, वावा साईको स्मरण गर्ने र माता वंगला मुखीको मन्त्र जप गर्ने गर्थे । मेरो वावुको जन्म विहिवारको दिनमा भएको थियो भने ६ दिनको दिनमा मात्र वावु मलाई दिएको थियो त्यो दिन शिवरात्रीको दिन थियो । मैले त्यो अवस्थामा नित्य आह्वान गरे जति देवी देवताले दिनुभएको वरदानस्वरुप ठान्दछु मेरो वावुलाई । मेरो वावु माथि यिनै देवी देवताहरुको आशिर्वाद सदा रहिनै रहोस । 

१०औं दिनको दिनमा हस्पिटलबाट विदा भयौं । विदावारी क्ष्ख्ँ टिमले गर्नु भएको थियो । आभारी छु डा. भोला रिजालप्रति जसको सरसल्लाह र सहयोगबाट आज मैले सन्तान सुख पाएं । आभारी छु डा. नरेन्द्र मल्होत्रा र डा. जयदिप मल्होत्रा (आगरा,भारत) र वहांको टिम प्रति जसको उपचारले गर्दा मैले आमा वन्ने शौभाग्य पाएं । सार्थै आभारी छु यस क्ष्ख्ँ टिमका सम्पूर्ण सदस्यहरुप्रति (डा. रिता सिंह, डा. सविना श्रेष्ठ, डा. सानुमैया श्रेष्ठ, डा. सुपात्रा कोइराला, डा. रोशन श्रेष्ठ, डा. रिता मानन्धर, डा. रोशनी गंगोल, डा. आनन्द प्रसाद श्रेष्ठ, डा. एल.एन जोशी, डा. उमा वस्नेत, डा. लुइसा राजपूत, डा. सुरेन्द्र श्रेष्ठ, डा. हरिश जोशी, डा. हरिकिशोर श्रेष्ठ, श्रीमती अम्विका सापकोटा, श्री सावित्री तिवारी, श्रीमती यमुना पोखरेल, श्रीमती मिरा थापा, श्रीमती हिसिला वज्राचार्य, श्री भूमिका रिजाल, श्री नकूल कार्की, श्री सरोज दाहाल, श्रीमती शान्ता खकुरेल, श्रीमती गिता आले मगर) जसको सहयोग, सल्लाह, मायां, ममता, स्नेहले गर्दा आमा, वावु, छोराको त्रिकोनात्मक मायांलाई दरिलो वनाउने मौका दिनु भयो । अनि सहृदय धन्यवाद दिन चाहन्छु डा. दाई अनन्त श्रेष्ठलाई (क्याम्पसको डक्टर) मलाई अफ्टेरो पर्दा मेरोे स्वास्थ्य परीक्षणका निमित्त सदैव तत्परताका साथ आइदिनु हुन्थ्यो । मेरो अन्तिम अवस्थामा जन्डिस भएको जानकारी वहाँलेनै दिनु भएको थियो र अस्पताल भर्ना हुने जोड पनि वहांलेनै दिनु भएको थियो । साथै अन्नत हृदयदेखि आभारी छु कान्छी वहिनी सरिता स्याङ्गबो र ज्वाई शशीभुषण लामा प्रति जसको स्याहार सुसार, (९ महिनासम्म) मायां ममता, र स्नेहले गर्दा परिवारमा, समाजमा, र राष्ट्रमै इज्जत, प्रतिष्ठा कमाउने सुवर्ण अवसर पायौं हामीले । अनि सहृदय धन्यवाद दिन चाहन्छु साथी निर्मला आचार्यलाई जसले मलाई शुरुदेखि अन्तिम सम्म सरसल्लाह, साहयोग र साथ दियो । 

११औं दिनमा वावुको न्वारन पनि गरियो । धर्म, संस्कृति र वौद्य परम्परा अनुसार लामा गुरुबाट वावुको नाम “रिन्जिध्र नोर्वु तामाङ्ग” राखियो । वौद्य धर्मगुरु र पुरोहित गुरुको सरसल्लाह अनुसार घरमा वोलाउने नाम “नोर्बु” राखियो भने चलनचल्तिको नाम ९इााष्अब िल्बmभ० ॐमणि तामाङ्ग” हस्पिटल छंदै मेरी आमा (माइती) ले राखी दिनु भएको थियो । यो शव्दले हस्पिटलको नाम पनि रहने हाम्रो वौद्ध धर्मको मन्त्रोचारण (ॐमणि पद्धमे हुंम) पनि हुने । अहिले  हामी दुई र हाम्रो परिवार सुखी र खुशी छौं । अव त वावु ८ वर्र्षमा हिंड्दैछ । सेन्टजेभियर्स स्कूलमा कक्षा २ मा अध्ययन गर्दे छ । वस भगवान हाम्रो साथमा सदा रही रहुन र हामीलाई शक्ति प्रदान गरुन ।

"Mrs. Sandhya Tamang"

वनस्थली, काठमाण्डौ
मो.नं ९८४१२७५८८६