• Emergency
    9802076226
  • Appoinments
    9802076225

सन्तानको चाहना

Checkup Date: 2015-06-30

Department: Gynecology & Obstetrics

कुनै पनि दम्पतीलई सन्तानको चाहना हुनु एउटा स्वाभाविक कुरा हो । तर सबैलाई सजिलै त्यो सौभाग्य पाउदैन्न ।त्यही चाहनाले हामीले बारम्बार आफ्नो प्रयास जारी राख्दै गयौं, त्यो हस्पिटल होस अथवा मन्दिर । ॐ हस्पिटल सँग त हाम्रो नीकै पहिला देखिनै सम्बन्ध थियो । यसै चाहनाले गर्दा हामी छिमेकी देश भारतका विभिन्न ठाउँमा गयौं, सफलता पाएनौ तर हुन्छ भन्ने आश्वासन पायौ एकदिन अचानक ॐ हस्पिटलले निःसन्तान दम्पतिलाई क्ष्ख्ँ प्रविधि द्धारा खुशी प्रदान गर्दैछ भन्ने जानकारी प्राप्त भयो र हामी त्याहाँ पुग्यौं ।

त्याहाँ परामर्शको क्रममा यमुना जीले विस्तारमा जानकारी दिदै हाम्रो सफलताको लागी बढो आत्मीयता पुर्ण शुभ कामना दिनु भयो ।हामी दुवैले IVF प्रविधि द्धारा आफ्नो आकाँक्षलाई साकार रुप दिने निधोग—यौं र अघि बढ्यो । यसको लागी हाम्रो परिवार र IVF TEAM को राम्रो सल्लाह र सहयोगले गर्दा अन्तमा आफ्नो लामो समय देखिको चाहना पूर्ण गर्न सफल भयौ ।

२०६२ साल भदौं १० गते कृष्णाष्टमीको दिन हामीले (जुम्लाहा) छोरा, छोरी सन्तान प्राप्त गरी आफ्नो दाम्पत्य जीवनमा भएको रिक्ततालाई पूरा गर्न सफल भयौं ।त्यो दिन हामी, हाम्रो परिवार र आफन्तका लागी अविस्मरणीय र अत्यन्त आनन्ददायी क्षण थियो यसको लागी हामी भगवान भी पशुपतिनाथ र IVF TEAM दुवैलाई धन्यवाद दिन्छौं । 
कुनै पनि संस्थाको उन्नित हुनुमा त्यस संस्थाको TEAM को ठूलो योगदान हुन्छ, यसै क्रममा डा. सविना श्रेष्ठ लाई मैले एउटा सहद्यी मिलनसार, योग्य र सहयोगीव व्यतित्व भएको डाक्टरको रुपमा पाएकी छु । IVF कै क्रममा डा. सविना र त्याहाँका अन्य सबै परिवारबाट यतिका समय पछि पनि त्यही माया र आत्मीयता पाउदा सारै गौरव लाग्छ ।
नारीको जीवनमा सन्तान नहुँदाको पीडा र दुःखको मर्मलाई आत्मसात गरेर लामो समयको प्रयासले सफललता प्राप्त गर्न सफल वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल ज्यू र यसको लागी सहयोग गर्ने सबैलाई हामी धन्यवाद र कृतज्ञता दिन चाहन्छौं ।

हस्पिटलबाट बच्चाहरु लिएर घर फर्कने क्षण हाम्रो लागी अत्यन्त भावुक भयो शायद त्यसको श्रेय हामीले IVF परिवारबाट पाएको सहयोग र मायाले होला । म सबैलाई धन्यवाद भन्न चाहन्थे । तर शब्द निस्कन सकेन । डा. भोला रिजाल हामीलाई तल सम्म बिदा गर्न आउनु भयो झनै ग ला अवरुद्ध भयो । धेरै धेरै धन्यवादका शब्द भन्न चाहन्थे तर आसुँ मात्र बगिरहयो । त्यो क्षण मेरो लागी अत्यन्त भावुक थियो ।

IVF  को क्रममा हामीलाई आत्मीयता र पारिवारिक सम्बन्धको अनुभुति दिने सबै डाक्टरहरु तथा परामर्श र राम्रो सल्लाह दिने सबैप्रति हामी सधै भरी आभार प्रकट गर्दै यस संस्थाको उत्तरोत्तर प्रगति तथा निःसन्तान दम्पतिहरुका लागी यूग यूग सम्म सन्तानको रहर पुरा गर्ने एक भरपर्दो संस्थाको रुपमा अगाडी बढोस् भन्ने कामना सहित हार्दिक बधाई तथा शुभ कामना दिन चाहन्छौ. 

स्नेहलता चालिसे
राजुनाथ चालिसे

"Snehalata and Rajunath Chalise"

Kathmandu