• Emergency
    9802076226
  • Appoinments
    9802076225

आमा बुवा हुँदाको सुखद अनुभव

Checkup Date: 2015-06-30

Department: Gynecology & Obstetrics

जिन्दगीको सबैभन्दा सुखदक्षण त्यहि नै हो । जूनबेला निःसन्तान दम्पतिलाई सन्तान सुख प्राप्त हुन्छ ।

त्यहि सुख प्राप्तिको लागी हामीले विगतका ११ बर्ष सम्म अनेकौ मानसिक तनाव तथा मानसिक पिडा सहिरयौं । ति मानसिक तथा सामाजिक तनाव लगायतका पिडाहरु निःसन्तान  रहेका आमा, बुवाले मात्र महशुश गर्न सक्दछन् ।

हामी सन्तान प्राप्तीको लागी गरिने अनेकौ स्वास्थ्य सम्बन्धी उपचार पद्धती धार्मीक पाठपुजा, मठ मन्दिर गएर गर्दा पनि यसबाट कुनै उपलब्धी नभएर निराश र हतास भइ सकेका थियौ । सायद यहि भएर होला हामीले भारतको नयाँ दिल्ली स्थित एपोलो हस्पिटल सम्म गएर उपचार गरायौ । तर त्यहाँ पनि हामीले सफलता प्राप्त गर्न सकेनौं । यसबाट हामी धेरै नै निराश र दुःखी भई आफ्नो भाग्यलाई नै दोष दिन थाल्यौ । सायद हाम्रो भाग्यमा सन्तान सुख नै छैन कि भनेर हिनताबोधको भावना आउन थाल्नु स्वभाविक थियो । त्यसबेला हामी श्रीमान श्रीमती दुई बिचको समझदारी बन्न सक्नु सबैभन्दा ठुलौ कुरा हो । यसबाट हामी बिच एक अर्काको हिनताबोधको आभास बिस्तारै हामीबाट गएको थियो । यसपछि हामीले सहज रुपमा लिन थाल्यो । यसको लागि मेरो परिवारबाट ठूलो हौसला मिल्यो । जनु एक निःसन्तान दम्पतिको लागी आवश्यक थियो ।

तर मनमा कता कता एउटा आशा थियो । सायद हाम्रो पनि सन्तान नेपाल मै उपचार गरेर हुन्छ भनिन्छ, मानिसले आशा कहिल्यै मर्न दिनु हुदैन ! त्यही भिन्नो आश र भगवानको भरोसाको क्रममा भाग्यवश ॐ अस्पतालमा IVF सेवा प्रविधि शुरु भएको हामीले थाहा पायौ । हामी पनि सो प्रविधिबाट उपचार गराउने क्रममा सो उपचारको SECOND ब्याचमा प—र्यो र उपचार गरायौ । उपचार गराएपछि जब BLOOD REPORT आउने दिन आयो, मनमा जुनदिन एक प्रकारको डर, त्रास थियो । उपचार सफल हुन्छ कि हुदैन भनेर मैले त्यस दिन ॐ अस्पतालको डा. सबिना को फोन धेरै बेर कुरेर पनि केहि खबर नआउँदा मैले आफ्नो MOBILE OFF गरिदिए र सोचे सायद मेरो REPORT NEGATIVE आयो होला । त्यो दिने र रात मेरो जिन्दगीको सबैभन्दा लामो दिन र रात थियो । म भित्रैबाट धेरै अतालिसकेकोे थिएँ । सायद मेरो जिन्दगी अब यसरी नै चल्छ सन्तान बिनाको माझ त्यो समयमा मैले यति धेरै पिडा र चनावहरु झेले जसको वर्णन गर्न म सँग शब्दहरु नै छैन ।
भगवानको कृपाले भोलीपल्ट मैले आफ्नो MOBILE ON  गर्ने बितिकै डा. सबिना ले भन्नु भयो तिमिले हिजो MOBILE किन OFF गरी राखेको तिम्रो BLOOD REPORT POSITIVE आएको छ । यो सामाचार सुने पछि मेरो आँखामा हर्षका आशु बग्न थाल्यो ।
यी सबै कुराहरु सपना जस्तै लाग्यो जब थाहा पाएँ मेरो पेटमा ४ वटा बच्चा छ । त्यति बेला हाम्रो सम्पूर्ण खुशी भगवानले एकैपल्टमा दिनु भयो जस्तो लाग्यो, तर मनमा एक प्रकारको डर पनि लाग्यो । यो भन्दा पहिला यसरी ४ वटा बच्चा कसैले जन्माएको थिएन । मेरो पेटमा ४ वटा बच्चा छ, भन्दा मेरा बा, आमा, भाई, बहिनी र सम्पूर्ण परिवारलाई मेरो चिन्ता हुन थाल्यो । अब के हुन्छ होला भनेर मैले ४ वटा बच्चा सकुशल जन्माउन सक्षम छु कि छैन भनेर डा. भोला रिजाल सँग चेक अप तथा परामर्श लिएँ उहाँले मलाई एकदम ठूलो आत्म विश्वास, धैर्य धारण र भरोसा दिनु भयो जसले गर्दा मैले सकुशल ४ वटा बच्चा जन्माउन सफल भएँ । यसको लागी ॐ अस्पतालका कुशल डाक्टरहरु र उहाँका TEAM हरुबाट पुर्ण सहयोग पाएँ । उहाँहरुलाई हृदय देखी धन्यबाद दिदै म सदा उहाँहरुको आभारी रहने छु ।
आज मेरा ति साना साना छोरा ३ छोरी १ जना पनि ८ बर्षको भइसक्यो समय यति छिटो वितेको हामि दुवैले थाहा नै पाएनौ । विगतको पिडा र र्वतमानको रमाइलो पक्षमा जिवन बिताउदै ८ बर्ष देखि उनिहरुको रेखदेख, पालनपोषण र उनिहरुलाई हुर्काउन उहाँका परिवार र मेरा बा. आमा, भाईहरु, बुहारीहरु बहिनी, ज्वाई लगाएत सम्पूर्ण परिवारबाट सहयोग नभएका भए सायद हामीले मात्र यि ४ वटा बच्चाहरुलाई राम्ररी हुर्काउन सक्दैन थियौ होला यसको लागी सम्पूर्ण परिवार प्रति आभार व्यक्त गर्दछु ।
आज समय सँगै मेरा ति साना साना छोरा छोरी पनि हुर्केर ८ बर्ष को भए । कहिले काहि हामीलाई अच्चम लाग्छ । तिनीहरु चकचक गरी बदमास गरेको देखेर अनि सम्झन्छौ । ति साना साना बच्चाहरुलाई राखेर उपचार गरेको र ति बच्चाहरुले पिडा सहेको त्यति बेला यिनीहरुलाई हेर्दा त यति धेरै चकचक र बदमासी गर्छन् होला, जस्तो लाग्दैनथ्यो, तर आज ति बच्चाहरुले नै उल्टो हामीलाई सिकाउने भएछ, <span 13px;="" line-height:="" "="">। TV सिरियलको कथा सुनाउने भएछन कुनै GAME खेल्दा जसरी हुन्छ उनिहरुलाई जित्नु नै पर्ने अठोट लिने भएछन् । लाग्छ सायद अब हामी बूढा बूढी भन्छौ । उनिहरु बिस्तारै र ठूलो भइरहेका छन् । तर आफ्ना छोरा छोरी जति ठूलो र जति दुःख र पिडा दिने भए पनि उनिहरुको मीठो मुस्कानले ति दुःखहरु सबै बिर्सिदो रहेछ, उनिहरुको त्यो मीठो मुस्कानले हामीलाई यो संसारको सबै सुःख प्राप्त भएको महशुश भएको छ । आज हामी ति विगतका तिता मीठा दुःख पिडाहरुलाई बिर्सेर यी ४ जना हाम्रा छोरा छोरी लाई राम्रो शिक्षा दिएर देशको सभ्य र कुशल नागरिक बनाउन हामीले आफ्नो जिन्दगी यिनै ४ जना छोरा, छोरी लाई प्रतिज्ञा गरेका छौं ।
“भगवानले सदा यिनिहरुको रक्षा गरुन” ।

"Urmila Bajracharya"

Kathmandu