ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा हाम्रो यात्रा ३५ वर्षभन्दा बढी समयअघिको सन् १९९० अर्थात बिक्रम सम्वत २०४६ सालमा ॐ नर्सिङ होम प्रा.लि. को नामबाट सुरु भएको थियो । यो अस्पताल सुलभ मूल्यमा विश्वस्तरीय स्वास्थ्य सेवा नेपालमा नेपाली विशेषज्ञहरुद्वारा प्रदान गर्ने उद्देश्य सहित शुरु भएको थियो । सुरुमा ॐ नर्सिङ होम जम्मा ८ वटा शैय्या र ३ जना डाक्टरहरूसहित सञ्चालन भएको थियो।
काठमाडौंको कमलपोखरीमा स्थापना गरिएको ॐ नर्सिङ होमको नाम परिवर्तन सन् १९९६ (२०५२ साल) मा गरी ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. राखियो ।
यो उपलब्धि समर्पित विशेषज्ञ चिकित्सकहरु, स्वास्थ्यकर्मी र आम जनसमुदायको विश्वास बिना सम्भव हुने थिएन।
यो अस्पतालको मुख्य भूमिका एकै छानामुनि सबै प्रकारका निदान, रोकथाम, र उपचारात्मक सेवा किफायती मूल्यमा प्रदान गर्नु हो। यस अस्पतालले स्वास्थ्यकर्मीहरूलाई तालिम तथा ज्ञान प्रदान गर्न र चिकित्सा क्षेत्रका लागि अनुसन्धान जानकारी उपलब्ध गराउन पनि मुख्य भूमिका खेलेको छ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. हाल आफ्नै भवनमा १,१९,३१३ वर्ग फिट क्षेत्रफल ओगटेर करिब ८७,६०० वर्ग फिट जमिनमा काठमाडौं महानगरपालिका, वडा नं. ७, चाबहिल, गंगाहिटीमा अवस्थित छ।
यस अस्पतालमा विभिन्न विशेषज्ञताका करिब १०० जना सिनियर कन्सल्ट्यान्ट डाक्टरहरु र ५०० भन्दा बढी समर्पित कर्मचारीहरू कार्यरत रहेका छन्। हामीले सीटी स्क्यान, डिजिटल म्यामोग्राफी, डिजिटल एन्डोस्कोपी, पोलिसोनोग्राफी, ल्यापारोस्कोपिक सर्जरीजस्ता अत्याधुनिक प्रविधिहरूमा गरेको लगानीले हाम्रो बिरामीहरूको रोगको निदान र उपचारात्मक सेवाहरूलाई अझ राम्रो बनाउने मद्दत गरेको छ ।
ॐ हस्पिटल आइ.एस.ओ. ९००१:२०१५ (ISO 9001:2015) प्रमाणित अस्पताल हो । यस अस्पतालले हरपल हरक्षण गुणस्तरीय हेरचाहको प्रतिबद्धता राख्दछ।
यो अस्पताल नेपालमा पहिलो आई.भी.एफ. केन्द्र स्थापना गरी निःसन्तानपनको उपचार गर्ने अग्रणी नेपालको अग्रणि संस्था हो ।
ॐ अस्पताल यसबाहेक, स्त्रीरोग तथा प्रसूति सेवा, हेमोडायलिसिस, अंकोलोजी, सघन उपचार र जटिल शल्यक्रियाका लागि नेपालको पहिलो रोजाइको रेफर केन्द्र हो । यो अस्पताल बिरामीहरूको आवश्यकता पूरा गर्न र सदैव तत्पर र समर्पित छ ।
उत्कृष्ट सेवा र सुलभ मूल्यमा उवलब्ध उपचार सेवाका कारण ॐ हस्पिटलमा नेपालका लगभग सबै भाग भू-भाग र छिमेकी देश भारत र भूटान र चीनका सीमावर्ती क्षेत्रबाट पनि धेरै बिरामीहरू यहाँ आउने गर्दछन्। जसका कारण बिरामीहरूको संख्या पनि प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ ।
यस अस्पताललाई सन् १९९९ मा धेरै विशेषज्ञता सेवाहरु भएको ठूलो अस्पतालको अवधारणा सहित अन्तिम रूप दिइएको थियो । जसको परिणामस्वरूप (काठमाडौं महानगरपालिका वडा नं. ७ गंगाहिटी) चाबहिल, काठमाडौंमा अहिलेका ३६ वटा विशिष्टिकृत विषयहरुमा सम्पूर्ण सुविधासहितको आजको ॐ अस्पतालको रुपमा परिचित भएको छ ।
ॐ अस्पताल नेपालमा खुलेका ठूला निजी अस्पतालहरूमध्ये सुलभ र स्तरिय स्वास्थ्य सेवा प्रदायक अस्पताका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएको छ ।
हामी हाम्रो नारा “वी केयर फर यू” "हामी तपाईंको ख्याल राख्छौं" मा दृढ छौं र भविष्यमा पनि यो प्रतिबद्धता कायम राख्ने प्रण गर्दछौं ।
हाम्रा सेवाहरु:
मुख्य तथ्यहरू: